• होमपेज
  • फिचर
  • हिमालयन बैंकको अध्यक्ष पद थापाद्वारा अस्वीकार, गौतमले दिएनन् राजिनामा ः गौतम बर्खास्तमा परेसंगै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको बहुचर्चित बिग मर्जरले हावा खायो ?

हिमालयन बैंकको अध्यक्ष पद थापाद्वारा अस्वीकार, गौतमले दिएनन् राजिनामा ः गौतम बर्खास्तमा परेसंगै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको बहुचर्चित बिग मर्जरले हावा खायो ?

  • सोमवार, भदौ १४, २०७८
हिमालयन बैंकको अध्यक्ष पद थापाद्वारा अस्वीकार, गौतमले दिएनन् राजिनामा ः गौतम बर्खास्तमा परेसंगै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको बहुचर्चित बिग मर्जरले हावा खायो ?

नेपालका ठूला भनिएका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड बीच हुने भनिएको बहुचर्चित बिग मर्जर संकटमा फसेको छ भन्दा अब चाहि फरक पर्दैन ।
कर्मचारी सञ्चयकोषका विवादास्पद प्रमुख प्रशासक एवं हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमलाई सरकारले बर्खास्त गरेपछि यी दुई बैंक बीचको बिग मर्जर तुहिने पक्का÷पक्की जस्तै भएको एक सञ्चालकले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए ।

हिमालयन बैंक लिमिटेड भित्र सुन्दा पनि डरलाग्ने हेर्दा त घिन लाग्ने काम भएको छ, भन्दा फरक पर्दैन । सरकारले कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसी प्रसाद गौतमलाई बर्खास्त गरेपनि गौतमले हिमालयन बैंकको अध्यक्षबाट अझै राजीनामा दिएका छैनन्, गर्भनर साब, हेक्का होस् । गौतम कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष बनेका हुन् । उनीको हिमालयन बैंकमा १ रुपैयाको शेयर छैन । कर्मचारी सञ्चय कोषको शेयर छ । तर, आफ्नै सम्पत्ती जस्तै गरि बैंकमा अध्यक्ष जस्तो गरिमामय पदमा बसीरहन दिन्छ र गर्भनर साब । कहाँ छ राष्ट्र बैंक, किन हिमालयन बैंकलाई स्पष्टिकरण माग्दैन ? यो अहिले बजारमा चर्चाको विषय मात्रै होइन अनुसन्धानकै विषय बनेको छ । गर्भनर साब ।

राष्ट्र बैंककै दबाबमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच बहुचर्चित बिग मर्जर गर्न लागेका यी दुई बैंक भित्र यत्रो वेथिती हुँदा पनि किन चुप छ राष्ट्र बैंक ? कि मर्जर गर्न लागेको छ भन्दैमा सबै कर्पोरेट सुशासनलाई छुट दिन मिल्छ अर्थमन्त्री जनार्दन शर्माज्यू ? यसको उत्तर अब तपाईले हामी जस्ता लाखौ शेयरधनीलाई दिने बेला आएको छ कि कसो ?

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक मर्जर गर्न पैसा नै उठाएर तत्कालीन सरकारका मन्त्री देखि नेताहरुलाई बुझाएका तत्कालीन कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसी प्रसाद गौतम अहिले बर्खास्तमा परेपछि यी दुई बैंकको मर्जरले हावा खाने प्रस्टै देखिन्छ । भनिन्छ हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर पछि सबैभन्दा कान्छो वाणिज्य बैंक सिभिल बैंक लिमिटेडलाई समेत मर्जर गराउने तुनाबुना बुनेर सिभिल बैंकको १ लाख संस्थापक शेयर १ कित्तामा ८ रुपैया बढाएर यिनै गौतमले कर्मचारी सञ्चय कोषको नामबाट खरिद गरी ८ करोड कमिशन लिएको खुलेको छ । यसको खोजी कसले गर्ने ? जताततै पैसाको खोला बगाएर जनताको सम्पत्तीमा रजाई मच्चाएका तुलसी प्रसाद गौतमलाई सरकारले कर्मचारी सञ्चयकोषको प्रमुख प्रशासकको पदबाट हटाएपछि उनी अदालत पुगेको समाचार बाहिर आएको छ । तर, उनीले हिमालयन बैंकको अध्यक्ष पदवाट भने राजीनामा दिएका छैनन् । गौतमको बर्खास्तीसंग १ मिनेट पनि हिमालयन बैंकको अध्यक्ष बन्ने कानूनी अधिकार नै छैन गर्भनर साब ।

कर्मचारी संचय कोषको प्रशासकबाट तुलसी प्रसाद गौतमको बर्खास्तीले नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको मर्जरमा तुहिने निश्चित देखिन्छ । यी दुवै बैक मर्जरमा जाँदा आफ्नो गरिमा बढ्ने देखेका गौतमको बर्खास्तीले मर्जर हुने सम्भावना घटेको हिमालयन बैंक उच्च स्रोतको दाबी छ ।

हिमालयन बैंकमा बैंकका पूर्व अध्यक्ष मनोज बहादुर श्रेष्ठ र हाल संचालक समितिका सदस्य समेत रहेका उहाँका सहोदर भाइ प्रचण्डबहादुर श्रेष्ठको हिमालयन बैंकमा हिस्सा झन्डै २० प्रतिशत भन्दा बढि सेयर रहेको देखिन्छ । तर, उनीहरुलाई नै बेवास्था गर्दै मर्जर गर्न गौतम लागि गरेका थिए । गौतमको वर्खास्तीले मर्जर अब अन्यौलमा फसेको देखिन्छ ।
यता पारिवारिक नातेदारहरु मर्जर पश्चात पनि आफ्नै परिवारको सेयर हिस्सा र दबदबा कायम रहने निष्कर्ष सहित मर्जरलाई सफल बनाउँन राणा परिवार र पाण्डे परिवार समुहलाई बर्खास्तीमा परेका गौतमको पनि साथ रहेका थिए । तर गौतमको बर्खास्तीसंगै अब यो साथ पनि टुटेको छ । भन्दा फरक पर्दैन ।

करिब–करिब दुई दशक देखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका आफ्नै साला हुन् । पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारकारूपमा छन् । जिम्मेवारीको हिसाबले मात्र नभई सेयर स्वामित्वमा पनि पाण्डे र राणाको परिवारको अझै दबदबा कायम नै छ मर्जरपछि चर्को दबदबा हुने निश्चित देखिन्छ ।
हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवारको लगानी रहेको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ । छायाँ इन्टरनेशनलमा पनि शशिकान्त अग्रवाल, मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको सेयर देखिन्छ ।

त्यस्तै हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये १२.७१ प्रतिशत सेयर रहेको एन ट्रेडिङमा मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको लगानी छ । त्यस्तै हिमालयन बैंकमा सबैभन्दा बढी पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर रहेको छ भने त्यसपश्चात कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर रहेको राष्ट्र बैंकको तथ्यबाटै प्रस्ट देखिन्छ ।
यी दुवै बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता भएको हो । सम्झौतामा हिमालयन बैंकका तत्कालिन अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका थिए । दुवै बैंक १–१ को स्वापमा मर्जमा जाने भएका थिए ।

मर्जरपछि बन्ने हिमालयन एण्ड इन्भेष्टमेण्ट बैंक लिमिटेडको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे हुने सहमति भएको छ भने हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सीईओ हुने सहमति भएको छ । पाण्डेको आफ्नै साला हुन् राणा । यसले बैंकको कर्पोरेट सुशासन कस्तो हुन्छ त्यो हेर्न बाँकी छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने भनिएको छ । मर्जर सफल भयो भने मर्जर पछि बन्ने बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने छ भने नेपालको सबैभन्दा ठुलो बैंक बन्ने देखिन्छ । तर, यो अब सम्भवना टुटेको छ ।
जे भएपनि कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक गौतमको बर्खास्तले अब यी दुई वाणिज्य बैंक बीचको मर्जरमा हिमालयन बैंकको अध्यक्ष को हुन्छ ? त्यसमा भर पर्ने देखिन्छ । सञ्चालक सुनिल बहादुर थापा बैंकको अध्यक्ष बन्ने चर्चा चलेपनि उनीले अध्यक्ष नबने बताएको एक सञ्चालकले दाबी गरे । यदि उनी अध्यक्ष बने फेरि अहिले नै साला सीइओ भिनाजु अध्यक्ष भएको बैंक (मर्जर अगाडी) हिमालयन बैंक बन्ने पक्का पक्की देखिन्छ । स्मरण रहोस् सरकारले कर्मचारी सञ्चयकोषका प्रमुख प्रसाशक गौतमलाई बर्खास्त गरेपनि यो समाचार तयार पार्दासम्म हिमालयन बैंकको बेवसाइटको बोर्ड अफ मेम्बरबाट हटाएको छैन । गर्भनर साब हेक्का होस् । सचेत भया ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि