• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंक र पनौती नगरपालिकाबिच उद्यमशीलता विकासको लागि सम्झौता

नबिल बैंक र पनौती नगरपालिकाबिच उद्यमशीलता विकासको लागि सम्झौता

  • शुक्रबार, भदौ ११, २०७८
नबिल बैंक र पनौती नगरपालिकाबिच उद्यमशीलता विकासको लागि सम्झौता

नबिल बैंक र पनौती नगरपालिकाबिच सम्झौता भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार