• होमपेज
  • अन्तरवार्ता
  • हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर हुन्छ

हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर हुन्छ

ज्योति प्रकाश पाण्डे, सीइओ, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड

  • सोमवार, भदौ ७, २०७८
हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर हुन्छ

ज्योति प्रकाश पाण्डे चिनाई राख्नुपर्ने नाम होइन । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब तीन दर्शक विताएका पाण्डे नेपालकै ठूलो बैंक नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

अहिले कजारमा नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच बिग मर्जरको कुरा छ । यस सम्बन्धमा के प्रगति भयो । मर्जरको आवश्यकता किन ? मर्जरपछि तपाईको पोजिसन के हो ? यी आदि विषयमा सीइओ पाण्डेसंग गरेको कुराकानीका केही अंशः

० सीइओ साब हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बीच मर्जर हुने कुरा चाहि कहाँ पुग्यो ?
हामी बीच मर्जर हुन्छ । नेपालमा ठूलो बैंकको आवश्यकता छ । धेरै कुरामा अगाडी हामी बढि सकेको अवस्था छ । मर्जर देशकै आवश्यकता हो । पारिवारिक कुरा होइन भन्ने कुरा बुझ्नु जरुरी छ ।

० मर्जर बारे केही कुरा नमिलेको भन्ने हल्ला बजारमा छ नि ?
हल्लाको पछाडी हामी लाग्दैनौ । कसैलाई मर्जरको बारेमा चित्त नबुभेको पनि होला । मर्जर भाँड्न लागि परेका पनि छन् होला । तर, राम्रो कुरा गर्दा राम्रो सोच राख्नु जरुरी छ होइन र ?

० मर्जर पछि तपाईको सीइओ पद त गुम्ने भयो नि होइन र ?
पद र प्रतिष्ठ भन्ने कुरा समयले दिने हो । देशकै ठूलो वाणिज्य बैंक बनाउने कुरामा पदको बारे सोच्नु गलत होला । म दोस्रो मेन भएन बस्ने कि नबस्ने मेरो कुरा होला । तर मर्जर भाँड्ने, नभएका कुराको प्रचार प्रसार गर्नु चाहि राम्रो पक्ष पक्कै होइन ।

० हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंको मर्जर ढिलो हुनुको कारण चाहि के होला ?
एउटा कोरोना कहरले केही ढिला भएको चाहि पककै हो तर, सबै काम भइरहेको छ । जसरी पनि मर्जर हुन्छ । नेपालमा ठूलो बैंकको आवश्यकता भैसक्यो । एउटा होइड्रोपावरलाई कर्जा दिँदा ४/५ वटा बैंकले दिनु पर्दछ । ठूलो बैंक भएपछि ठूला कर्जा दिन सकिन्छ । सबै कुरामा राम्रो हुन्छ नि ।

० नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा रहेका राजदरवार अगाडीको भवनको मुद्दा सर्वोच्च अदालतमा पुगेको भनिन्छ कुरा के हो ?
यो कुरा यस्तो हो । १५/२० वर्ष अगाडी राष्ट्रिय वाणिज्य बैंक, एसबीआई बैंक लगायतका बैंकहरुले कर्जा दिएर लिलामी प्रकाशन गरेपछि हामीले त्यसबेला ३१ करोडमा विट गरि लिएको सम्पत्ती हो । हामीकहाँ दिवाकर चन्दजीको कुनै कर्जा छैन । त्यसबेला नबिल बैंकले २१ करोडमा बीट गरेको थियो । हामीले बढि मुल्यमा बीट गरेपछि बैंकले किनेको सम्पत्ती हो । सबै हल्ला मर्जर भाड्नकै लागि प्रचार प्रसार गरिएको देखिन्छ । तर, कुनै पनि हालतमा मर्जर भाडिदैन । यसमा ढुक्क भए हुन्छ । तपाई पत्रकार मित्रहरु हल्लाको पछाडि लाग्नु प¥यो नि ।

कर्जा डिफल्ट भयो १०० प्रतिशत प्रभिजन भएको छ केहि पैसा उठेको छ, सम्पत्ती विक्री हुने प्रक्रियामा छ सबै पैसा उठ्ने छ । त्यो अब बैंकहरुको नाफामा जान्छ । त्यसकारण अत्तिनु पर्ने कारण छैन भूपेन्द्रजी । अर्को चितवन मेडिकल कलेजको कुरा के छ भने कर्जा दिएको हो किस्ता आएको छ प्रभिजनिङ्ग गर्नुपर्ने अवस्था आजको दिनसम्म छैन ।

० सीइओ साब अरु केही कर्जा डिफल्ट भएको भनिएको जस्तो पर्साको कोइला आर्यात कम्पनी र चितवन मेडिकल कलेजको यसबारे सत्य तथ्य के हो ?
बैंकले नाफा कमाउने कर्जा नै दिने हो । हामीले कर्जा दिएका छौं । पर्साको कोइला आर्यात कम्पनीलाई नेपाल इन्भेष्टमेण्ट बैंक लगायत केही बैंकले कर्जा दिएको सत्य हो । कर्जा डिफल्ट भयो १०० प्रतिशत प्रभिजन भएको छ केहि पैसा उठेको छ, सम्पत्ती विक्री हुने प्रक्रियामा छ सबै पैसा उठ्ने छ । त्यो अब बैंकहरुको नाफामा जान्छ । त्यसकारण अत्तिनु पर्ने कारण छैन । अर्को चितवन मेडिकल कलेजको कुरा के छ भने कर्जा दिएको हो किस्ता आएको छ प्रभिजनिङ्ग गर्नुपर्ने अवस्था आजको दिनसम्म छैन ।

गल्ती भए कारवाही गर्दछ होला । त्यसकारण गलत कुरालाई समचार बनाएर मर्जर भाँड्ने काम तपाई हामी कसैले गर्नु हुन्दैन । चितवन मेडिकल कलेजमा हजारौ विद्यार्थीले अध्ययन गरेका छन् । कर्जा डुब्यो भनेर तपाईले भन्दा हुन्छ र त्यसकारण हल्लाको पछाडी लाग्नु हुदैन । यथार्थ के हो ? त्यो बुझ्नु जरुरी छ नि होइन र ?

यो असल कर्जा भित्र नै छ । त्यसकारण मान्छे भाग्यो, भारतीय ग्राहक हो भनि हल्ला चलाएर बैंकको बदनाम गराउनु गलत कार्य हो । यो बन्द हुनु जरुरी छ । राष्ट्र बैंकले पनि त निरिक्षण गरेको होला । गल्ती भए कारवाही गर्दछ होला । त्यसकारण गलत कुरालाई समचार बनाएर मर्जर भाँड्ने काम तपाई हामी कसैले गर्नु हुन्दैन । चितवन मेडिकल कलेजमा हजारौ विद्यार्थीले अध्ययन गरेका छन् । कर्जा डुब्यो भनेर तपाईले भन्दा हुन्छ र त्यसकारण हल्लाको पछाडी लाग्नु हुदैन । यथार्थ के हो ? त्यो बुझ्नु जरुरी छ नि होइन र ?

० अन्त्यमा मलाई भनिदिनु होस् हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जर कहिलेसम्म हुन्छ त ?
मैले अगाडी नै भनिसके नेपालमा अब ठूलो वाणिज्य बैंकको आवश्यकता भैसकेको छ । मर्जर केही महिना भित्र हुन्छ । ठूलो बैंक पनि हुनछ । काम भइरहेको छ । कसैलाई मर्जर नहोस् भन्ने पनि होला । तर, समयको आश्यकताले नै मर्जर गराउने हो । हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक नेपालकै ठूलो वाणिज्य बैंक् बन्ने कुरामा अब चाहि दुई मत छैन । (आर्थिक बजार न्यूज डटकमबाट साभार गरिएको)

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि