• होमपेज
  • वाणिज्य बैंक
  • बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुबिधा

बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुबिधा

  • शुक्रबार, भदौ ४, २०७८
बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुबिधा

बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकहरुले भुक्तानी गर्न सकिने सुबिधामा आधारित सुबिधा ल्याएको हो ।

यस प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुले ब्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ । हाललाई यस प्रबिधि मार्फत ग्राहकहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा