• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई स्वस्थ नारी’ पहल अभियान

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई स्वस्थ नारी’ पहल अभियान

  • शुक्रबार, भदौ ४, २०७८
ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई स्वस्थ नारी’ पहल अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ अभियान सञ्चालनमा ल्याएको छ । बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको हो ।

यस अन्तगर्त बैंकले सुर्खेतको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालनमा ल्याएको छ ।

मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि