• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

  • सोमवार, साउन ३२, २०७८
सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ नौबस्तामा ८५ औं र रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

साथै, आइतबार बैंकले सिरहाको सुखिपुर नगरपालिका वडा नं. ५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८७ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार