• होमपेज
  • विचार/ब्लग
  • युवाका मुद्दा कार्यन्वयनमा समस्या

युवाका मुद्दा कार्यन्वयनमा समस्या

  • बुधबार, साउन २७, २०७८
युवाका मुद्दा कार्यन्वयनमा समस्या

शरद शर्मा (रासस) नेपाललगायत विश्वमा अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

नेपालमा पनि यो वर्ष ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

सरोकारवालाले बर्सेनि यो दिवस मनाए पनि युवाका मुद्दा कार्यन्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निणर्य गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कायन्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको पाइन्छ । यसैगरी मुलुकमा कूल जनसङ्ख्याका ४०.३ प्रतिशत रहेको युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितताको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्ले सरकारले पहिलो पटक युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।

यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका लागि विभिन्न संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याए पनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न नसकिएको बताउनुभयो ।

उहाँले युवा क्षेत्रमा धेरै नीति र संरचना बनेपनि उनीहरुको क्षमता अभिवृद्धिका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न अझै नसकेको बताउनुभयो । “युवा क्षमताको प्रभावकारी उपयोग गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “सरकारले युवाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन नसक्दा उनीहरुको क्षमताको प्रभावकारी उपयोग हुन सकेको छैन् ।”

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विक्रम संवत् २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन- २०२५ ले युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले नेपाली युवामा क्षमता भए पनि सरकारले उनीहरुको क्षमतालाई प्रस्फुटन गराउन नसक्दा धेरै नै क्षति व्यहोर्नु परेको बताउनुभयो ।
उहाँले युवा वैज्ञानिक, अनुसन्धान, नवप्रवर्तन जस्ता क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेको समेत बताउनुभयो । उहाँका क्षेत्रमा काम गर्नका लागि अलग्लै राष्ट्रिय गौरवको आयोजना स्थापना गर्नमा जोड दिनुभयो । दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले बनेका नीति र कार्यक्रमको प्रभावकारी कार्यन्वयन नहुँदा युवा पलायन बढेको बताउनुभयो । उहाँले मौलिक हकको रुपमा रहेको स्वास्थ्य, शिक्षा र रोजगारीलाई कार्यान्वयन गराई युवाका मुद्दा सम्बोधन गर्नुपर्ने बताउनुभयो । “युवाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता पनि युवाका मुद्दा कार्यन्वयन गराउन तर्फ लागेको देखिएन” उहाँले भन्नुभयो, “युवाका क्षेत्रमा काम गर्ने राज्यका संरचनाले पनि युवाका मुद्दालाई सम्बोधन गर्न गम्भीर ढङ्गले काम गरेनन ।”

उहाँले युवालाई मुलुकमा नै रोजगारीतर्फ उन्मुख गराउनका लागि कलकारखाना, उद्यमशीलतामा अग्रसर गराउनुपर्ने बताउनुभयो । राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले कानूनगत रुपमा युवाका मुद्दा समेतका लागि धेरै नीति, कानून बनेपनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो । सरकारले युवा लक्षित कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

“शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता युवा लक्षित कार्यक्रमहरु सरकारले ल्याएको छ”, उहाँले भन्नुभयो, “तर ती कार्यक्रम कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको त्यहीँ छ ।” उहाँले युवालाई कृषितर्फ आकर्षण गराएर मुलुकलाई कृषिमा आत्मनिर्भर गराउनुपर्ने बताउनुभयो ।

योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) का अध्यक्ष रामप्रसाद सापकोटाले राज्यले युवाका मुद्दामा खर्च गरे पनि परिणाममुखी बनाउन नसकेको बताउनुभयो । उहाँले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारमुखी बनाउनेजस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको उल्लेख गर्नुुभयो । “नीति र संरचनागत रूपमा युवाका मुद्दा सम्बोधन गर्नका लागि धेरै कार्यक्रम ल्याइएका छन्” उहाँले भन्नुभयो, “तर ती युवाका मुद्दालाई व्यवहारमा उतार्ने ती कार्यक्रम सफल भएका छैनन् ।”

एकद्वार प्रणाली अभाव

परिषद्का उपाध्यक्ष ढुङ्गेलले अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुँदा पनि युवाका कार्यक्रम प्रभावकराी हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विभिन्न ११ मन्त्रालय र १८ विभागले युवाका क्षेत्रमा काम गरेपनि प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । “हामीले युवा लक्षित सबै कार्यक्रम एकद्वार प्रणालीअन्तर्गत परिषद्बाट गरांै भनेर पटकपटक सरकारले ध्यानाकर्षण गरायांै”, उहाँले भन्नुभयो, “तर ती कार्यक्रम एकीकृत गर्न नसकेर प्रभावकारी हुन नसकेको छैन ।”

उहाँका अनुसार सरकारी तवरबाट सङ्घ, प्रदेश र स्थानीय तह गरी करिब रु दुई खर्बको बजेट विनियोजन हुने गरेको छ । उहाँले राजनीति नेताको रोजाइ पनि युवा तथा खेलकूद मन्त्रालयप्रति नपर्ने भएकाले युवाका मुद्दामा सरकारको चासो कम भएको भन्ने बुझ्न सकिने बताउनुभयो ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवाका मुद्दा सम्बोधन गर्न ल्याइएका नीतिगत कानूनलाई विस्तारै कार्यान्वयनतिर लगिरहेको बताउनुभयो । परिषद् गठनपश्चात युवाका क्षेत्रमा धेरै काम भएको उहाँको भनाइ छ । युवाका क्षेत्रमा उल्लेखनीय काम गरिएको भन्दै परिषद्लाई संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो ।

सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकाङ्मा १४५औँ स्थानमा भएकोमा अहिले ६८ देशलाई उछिनेर ७७ औं स्थानमा आउन सफल भएको छ । सार्क मुलुकमा ४आँै स्थानमा रहेको छ । यस्तै नेपाललाई सन् २०२५ सम्म विकासशील राष्ट्रमा पुर्‍याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूणर् युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित १० वर्षे रणनीतिक योजना’ ल्याइएको छ ।

सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूणर् कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्यायो तर उक्त कार्यविधि पूणर्रूपमा लागू नहुँदा हजारौं युवा बैंकबाट सहजै कर्जा पाउन नसक्दा स्वरोजगार बन्न सकेका छैनन् । सरकारले ल्याएको १५औँ पञ्चवर्षीय योजना ‘युवाको जागर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई मुलुकको समृद्धिसँग जोडेको छ । युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन् ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक पाँच लाख ३८ हजार विदेश जाने युवामा अहिले तीन लाख २३ हजारमा झरेको छ । यसबाट पनि नेपालमा नै युवा केही न केही रोजगारीतिर लागेको देखिन्छ । यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो ।

परिषद्को आयोजनामा भोलि बिहान १०ः३० बजेदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा कार्यक्रम हुँदैछ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भिडियोमार्फत शुभकामना सन्देश दिनुहुने कार्यक्रम रहेको परिषद्की मीरा काफ्लेले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि