• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने

ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने

  • मङ्लबार, साउन १९, २०७८
ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने

ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ। यसका लागि बैंक र नगरपालिकाबीच सहमति भएको छ।

तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुषाल र तानसेनका शाखा प्रबन्धक वीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई ऋण दिने छ। यसको ५ प्रतिशत ब्याज अनुदान सरकारले तिर्ने छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि