• होमपेज
  • देश
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नियुक्ती कार्यदल संयोजक खड्कालाई जानकारी पछि गरिएको हो : प्रधानमन्त्री सचिवालय  

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नियुक्ती कार्यदल संयोजक खड्कालाई जानकारी पछि गरिएको हो : प्रधानमन्त्री सचिवालय  

  • सोमवार, साउन ११, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नियुक्ती कार्यदल संयोजक खड्कालाई जानकारी पछि गरिएको हो : प्रधानमन्त्री सचिवालय  

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको विषयलाई लिएर प्रधानमन्त्री सचिवालयले ध्यानार्कषण जनाएको छ । केहि सन्चार माध्यमले सत्तारुढ गठबन्धनमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई नियुक्त भन्ने विषय विवाद रहेको र सात सदस्यीय कार्यदललाई जानकारी नदिई मन्त्री बनाइयो भन्ने बिषयलाई लिएर ध्यानार्कषण जनाएको हो । स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नु अघि प्रधानमन्त्री  देउवाले कार्यदलका संयोजक पूर्णबहादुर खड्कालाई जानकारी गराउनु भएको हो, प्रधानमन्त्री देउवाका मुख्य सचिव भानु देउवाले अभियान टाइम्स प्रतिनिधिसँगको कुराकानीमा भने । राज्यमन्त्री श्रेष्ठको विषयमा औपचारिक रुपमा छलफल भएन होला तर नऔपचारिक रुपमा छलफल भएको हो,महामन्त्री खड्कालाई जानकारी गराएपछि नियुक्त गरिएको हो,केहि सन्चार माध्यममा आएको समाचारमा सत्यता छैन् मुख्य सचिव भानु देउवाले भने ।

सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय कार्यदलमा काँग्रेसका डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन् । त्यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव कार्यदलमा छन् I

सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर कार्यदलले सरकारलाई राय सुझाव दिने गरि यो समिति गठन गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि