• होमपेज
  • रेमिटेन्स
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरियन पे युरोप बिच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरियन पे युरोप बिच रेमिटान्स कारोबार सुरु

  • आइतवार, साउन ३, २०७८
सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरियन पे युरोप बिच रेमिटान्स कारोबार सुरु

साईप्रसको ख्यातिप्राप्त कोरियन पे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । साईप्रस, युके, जर्मन, डेनमार्क, स्पेन, इटाली, अथवा फ्रान्समा रहनुभएका नेपालीहरुले कोरियन पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरियन पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत Gleb Kozlov ले हस्ताक्षर गर्नु भएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार