सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance र मानुषी लघुवित्तले आइपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले हिजो बिहिबार दुवै कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।
यस संगै अब दुवै कम्पनीलाई आईपिओ निष्काशनको बाटो खुलेको छ । सानिमा लाइफले ६० करोड रकम बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।कम्पनीले जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
त्यस्तै मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।