• होमपेज
  • समाचार
  • सि–आस्वा शुल्कमा बैंकको मनपरी, कुन बैंकको कति शुल्क ?

सि–आस्वा शुल्कमा बैंकको मनपरी, कुन बैंकको कति शुल्क ?

  • शनिबार, साउन २, २०७८
सि–आस्वा शुल्कमा बैंकको मनपरी, कुन बैंकको कति शुल्क ?

पछिल्लो समय शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ । विभिन्न कम्पनीले निष्कासन गर्ने, जारी गर्ने आईपीओ खरिदमा पछिल्लो समया सिआस्वा र मेरो शेयरमार्फत अनलाइनबाट शेयर खरिद आवेदन दिने व्यवस्था छ ।

आईपीओ भर्ने सजिलो माध्यम भनेको मेरो शेयर हो । यसले गर्दा पनि अधिकांश लगानीकर्ताहरूले अनलाइन अर्थात् मेरो शेयरबाट आईपीओ भरिरहेका हुन्छन् । त्यसको शुल्कहरूको काम भने बैंकमार्फत् हुने गर्दछ । सि–आस्वाले मेरो शेयर र बैंक खातालाई जोड्ने काम गर्दछ ।

लगानीकर्ताहरूले साधारण शेयर (आईपीओ) भर्दा कतिपय बैंकहरूले निशुल्क सेवा दिइरहँदा कतिपय बैंकहरूले भने सि–आस्वा नाममा मनपरी शुल्क लिइरहेका हुन्छन् । सिआस्वा शुल्कमा बैंक तथा वित्तिय संस्थाहरुले मनपरि शुल्क लिने गरेको लगानीकर्ताहरुको गुनासो छ ।

हालसम्म नेपालमा नेपाल धितोपत्र बोर्डबाट ५२ वटा बैंक तथा वित्तिय संस्थाहरुले सि–आस्वा अनुमति प्राप्त गरेका छन् । जसमध्ये, यहाँ हामीले वाणिज्य बैंकहरूको सि–आस्वा शुल्कको बारेमा मात्र कुरा गर्नेछौँ ।

कुन बैंकले कति लिन्छन् शुल्क ? 
२७ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा वाणिज्य बैंकहरूले निशुल्क सेवा दिइरहँदा १२ वटा वाणिज्य बैंकहरूले भने सी–आस्वाको शुल्क लिने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले एक पटक आईपीओ भर्दा एक सय रूपैयाँ लिने गरेको छ ।

त्यस्तै, लक्ष्मी बैंकले २५, नेपाल एसबिआई बैंकले २५ रुपैयाँ सि–आस्वा शुल्क लिन्छ भने सिटिजन्स बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबि बैंकले एक पटक आईपीओ भर्दा २०/२० रुपैयाँ शुल्क लिने गरेका छन् ।

त्यसैगरि, कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सिभिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक, प्राइम कमर्शियल बैंक र सनराइज बैंकले पनि एक पटक आईपीओ भदर्दा सि–आस्वा शुल्क १०/१० रुपैयाँ लिने गरेका छन् ।

त्यसो त कतिपय बैंक तथा वित्त कम्पनीले निःशुल्क सेवा पनि दिइरहेका छन् । सेञ्चुरी कमर्शियल बैंक, ग्लोवल आईएमई बैंक, मेगा बैंक र नबिल बैंकले निशुल्क सि–आस्वा सेवा प्रदान गर्ने गर्छन् । त्यस्तै, नेपाल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंकले पनि निशुल्क सि–आस्वा सेवा प्रदान गरिरहेका छन् ।

डिम्याट खोल्नेको संख्या साढे ३७ लाख नाघ्यो 
पछिल्लो समय शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ । सर्वसाधरणको शेयर प्रति आकर्षण बढेसंगै डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको संख्या ३७ लाख ५१ हजार ७१८ पुगेको हो । गत साउन मसान्तसम्म डिम्याट खाताको संख्या १८ लाख ५ हजार ६०७ रहेको थियो । साउन महिना यता करिब १७ लाख हितग्राही खाता खोलिएको छ ।

यसरी हेर्दा एक वर्षमै साढे २० लाख भन्दा बढीले डिम्याट खाता खोलेको देखिन्छ । प्रतिशतको आधारमा हेर्ने हो भने एक वर्षमै डिम्याट खाता खोल्नेको संख्या १२० प्रतिशतले बढेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकमा छ ।

Facebook Comments

सम्बन्धित समाचार