• होमपेज
  • देश
  • नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

  • आइतवार, असार २७, २०७८
नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गांउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।

नेपाल बंगलादेश बैंक लि., आर एण्ड डि इनोभेटीभ सोलुसन प्रा.लि., मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षिय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी लगानिको शुरुवात गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका बडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् ।

उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद रहित बिद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा एष्यित एचयवभअत को रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई बिद्युतिय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।

हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि