• होमपेज
  • समाचार
  • पुन: बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पुन: बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • बिहिबार, असार १०, २०७८
पुन: बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार