• होमपेज
  • मनोरञ्जन
  • अनलाइन नेपाली रमाइलो जोक्सको सेमिफाइनलको नतिजा बाहिरियो, फाइनल जुलाईमा हुने

अनलाइन नेपाली रमाइलो जोक्सको सेमिफाइनलको नतिजा बाहिरियो, फाइनल जुलाईमा हुने

  • बुधबार, असार ९, २०७८
अनलाइन नेपाली रमाइलो जोक्सको सेमिफाइनलको नतिजा बाहिरियो, फाइनल जुलाईमा हुने

अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरिएको छ । जसमा झापाका मनिष आचार्य, काठमाडौंका सुलव भट्टराई, लुम्बिनीका निश्चल अर्याल र ललितपुरका महेश खनालले फाइनलमा प्रतिस्पर्धा गर्ने निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार यो साता काठमाडौंका सुलव भट्टराईले उत्कृष्ट प्रस्तुति दिँदै बेस्ट पर्फमर अफ द विक बन्न सफल भएका छन् ।

जुलाईमा फाइनल हुने यस प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहेका छन् । यसैबिच रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई समर्थकका रुपमा पुरस्कृत गर्दै आएको छ ।

निर्देशक राईका अनुसार प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगद उपलब्ध गराइनेछ। त्यस्तै चौथो हुनेलाई पनि सान्तवना स्वरुप रु ५० हजार उपलब्ध गराइने आयोजकले जनाएको छ । कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि