• होमपेज
  • बैंकिङ्ग
  • माछापुच्छ्रे बैंकको कार्ड मार्फत समान खरिद गर्दा १५ प्रतिशत छुट

माछापुच्छ्रे बैंकको कार्ड मार्फत समान खरिद गर्दा १५ प्रतिशत छुट

  • शुक्रबार, असार ४, २०७८
माछापुच्छ्रे  बैंकको कार्ड मार्फत समान खरिद  गर्दा १५ प्रतिशत छुट

दराज साझेदारी गरि माछापुच्छ्रे  दराज बैंक डे अफर शुरु गर्ने घोषणा गरेको छ । एस साझेदारी पश्च्यात माछापुच्छ्रे  बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकहरुले १५ प्रतिशत वा अधिकतम  ५०० रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे  बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । माछापुच्छ्रे  बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नुहुनेछ ।

माछापुच्छ्रे   बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अथवा अधिकतम. ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम  ५०० रुपैयाँसम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ । छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा इकमर्श एक्टिभ गर्न पर्ने हुन्छ ।

ग्राहकहरूले अब माछापुच्छ्रे  बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाइने बैंकले जनाएको छ । साथै माछापुच्छ्रे   बैंकले दराजसंगको साझेदारीमा शुन्य प्रतिशत सुबीधा पनी ल्यएको छ जस्मा क्रेडिट कार्ड प्रयोगकर्ताले क्रेडिट कार्ड मार्फत गरेको खरिदलाई शुन्य प्रतिशत इएमआइमा परिवर्तन गर्न पनि सकिने योजना रहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार