• होमपेज
  • बीमा
  • नेपाल लाइफद्धारा १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी

  • बिहिबार, असार ३, २०७८
नेपाल लाइफद्धारा १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले मृतकको परिवारलाई  १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका परिवार लाई उक्त रकम हस्तान्तरण गरेको हो ।

मृतक लम्सालकै घरमा पुगेर उनकी धर्मपत्नी पुर्णमायाँ आर्चाय लम्साललाई १ करोड २४ लाख रुपैंया रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । नेपाल लाइफ सुदूरपश्चिम प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शैलेश श्रेष्ठ, धनगढीका शाखा प्रमुख धिरेन्द्र डाँगी,अभिकर्ता रक्षा महरा, धनगढी उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष सीताराम रानाले मृतक लम्सालकी श्रीमतीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

५० वर्षका लम्सालको कोरोना सङ्क्रमणका कारण गत वैशाख १७ गते काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । सुदूरपश्चिममै पहिलो पटक यति ठुलो रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार