नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात वटै प्रदेशका अस्पताल÷आइसोलेसन केन्द्रलाई नगद सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ को दोस्रो लहरको महामारी रोकथाम, नियन्त्रण र उपचारमा खटिएका सात वटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्रतिअस्पताल÷आइसोलेसन केन्द्र ७ लाखका दरले ४९ लाख रुपैयाँ रकम सहयोग गरेको हो ।
यो सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर समय–समयमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।