• होमपेज
  • शेयर मार्केट
  • सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ बाँडफाँड

सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ बाँडफाँड

  • बिहिबार, बैशाख ३०, २०७८
सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ बाँडफाँड

सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज अनलाइन मार्फत उक्त आईपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कूल आवेदकमध्ये २ लाख ३४ हजार १९५ जनाले कम्पनीको सेयर हात पारेका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले २३ लाख ४१ हजार ९५४ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणमा २३ लाख ४१ हजार ९५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १०.५२ गुणा बढी आवेदन परेको थियो ।

सेयरमा परेको कूल आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाले २ करोड ४६ लाख ५७ हजार ३५ कित्ता सेयरको लागि दिएको आवेदन योग्य रहेको छ भने १६ लाख ३७ हजार ६५९ कित्ता सेयरका लागि ४८ हजार ३२२ जनाले दिएका आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

त्यस्तै, म्युचुअल फण्डलाई १ लाख २५ हजार ९११ कित्ता र कर्मचारीलाई ५० हजार ३६५ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जानकारी गराएको छ । कम्पनीले सर्वसाधारण सहित अन्य सबैलाई गरी कूल २५ लाख १८ हजार २३० कित्ता सेयर निष्काशन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि