• होमपेज
  • अर्थ/वाणिज्य
  • हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’का लागि सम्झौता

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’का लागि सम्झौता

  • बिहिबार, बैशाख ३०, २०७८
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’का लागि सम्झौता

बैंकिङ क्षेत्रमा बिग मर्जरको शुरुवात भएको छ । बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ ।
दिउँसो ३ बजे होटल अलफ्टमा दुबै बैंकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा हिमालयन बैंकका सीइओ अशोक राणा नै रहनेछन् भने डेपुटी सीइओमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहनेछन् ।

मर्जरपछि बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । जुन अहिलेका वाणिज्य बैंकमा सबैभन्दा बढी हो ।
त्यसैगरी निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ । मर्जरपछि बन्ने बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ ।

त्यसैगरी हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय हुनेछन् । जसमा एक दर्जनबढी शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने देखिएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकमा कर्मचारी व्यवस्थापनको लागि स्वेछिक अवकासको योजना एकीकृत कारोबार अगाडि आउने छ ।

Facebook Comments

सम्बन्धित समाचार