• होमपेज
  • समाचार
  • पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

  • बुधबार, बैशाख २९, २०७८
पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

वित्तीय क्षेत्रमा लामो अनुभव भएका बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको छ। हिजो राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।

केही समयदेखि संक्रमण भएर उनी अस्पताल भर्ना भएका थिए। बीचमा सन्चो भएको थियो। त्यहीबेला अप्ठेरो भएपछि उनलाई आइसीयुमा राख्न लागिएको थियो। आफूलाई ठिक हुन लागेको र खासै समस्या नभएकाले आफ्नो बेड अरुलाई दिन उनले भनेका थिए।

जब फेरी संक्रमणले च्याप्यो उनले अस्पतालमा बेड पाएनन्। लामो कसरतपछि प्रहरीको हस्पिटलमा बेड पाए। त्यहाँ हुँदा उनले आफूलाई ठिक हुन लागेको भन्दै केही साथीहरुलाई आफ्नो ‘सेल्फी’ पनि खिचेर पठाएका थिए।

उनको श्रीमती र छोरी छन्। दुबै जना विशेष काम परेर दिल्ली पुगेका छन्। दिल्लीमा उनीहरु दुबै जनालाई कोरोना संक्रमण देखिएको थियो। अस्ति संक्रमण मुक्त भएको रिपोर्ट आएको थियो। आज उनीहरु नेपाल आउँदैछन्।

श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए। तर बोर्डमा लफडा भएपछि उनी कार्यालय नै नगइ बाहिरिएका थिए।

तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए। एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए।

उनी जोखिम र आन्तरिक नियन्त्रण प्रणालीमा राम्रो दख्खल भएको बैंकर थिए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि