• होमपेज
  • वाणिज्य बैंक
  • ११ जनालाई एनएमबि बैंकले गर्यो बीमा दावी भुक्तानी

११ जनालाई एनएमबि बैंकले गर्यो बीमा दावी भुक्तानी

  • बुधबार, बैशाख २२, २०७८
११ जनालाई एनएमबि बैंकले गर्यो बीमा दावी भुक्तानी

एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दावी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ ।

सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८ सय ४१ बीमा दावी भुक्तानी भइसकेको बैंकले जनाएको छ । बैंकले उक्त भुक्तानी इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स मार्फत गरेको हो ।

बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्य अनिश्चितताको विरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्डको साथै सात लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्ड, १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्डको साथै सात लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्ड, १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार