• होमपेज
  • फिचर
  • २७ वाणिज्य बैंकहरुको तीन खर्ब कर्जा जोखिममा : राष्ट्र बैंक बेखबर

२७ वाणिज्य बैंकहरुको तीन खर्ब कर्जा जोखिममा : राष्ट्र बैंक बेखबर

  • मङ्लबार, बैशाख २१, २०७८
२७ वाणिज्य बैंकहरुको तीन खर्ब कर्जा जोखिममा : राष्ट्र बैंक बेखबर

नेपालका २७ वाणिज्य बैंकहरुको ३ खर्ब कर्जा जोखिममा छ भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो । नेपालका ८ अर्ब चुक्तापुँजी भएका २७ वाणिज्य बैंकहरुले नेपालका ३७ वटा हेलिकप्टरमा दिएको ३ अर्ब कर्जा जोखिममा परेको देखिएको छ ।

नेपालका वाणिज्य बैंकहरुबाट महंगो ब्याजमा कर्जा लिएर हेलिकप्टर खरिद गरि व्यवसाय गरेका ३७ वटा मध्ये २३ वटा हेलिकप्टर उडेका छैनन् भन्दा अब चाहि फरक पर्दैन । दोस्रो चरणको कोरोना भाइरसकै कारण ती हेलिकप्टरहरु थन्काउन बाध्य छन् भन्दा पनि फरक नपर्ला । अहिलेको समस्या भनेको एयरलाइन्स बिजनेश मात्रै नभई समग्रह पर्यटन क्षेत्रको नै एउटै हो भन्न सकिन्छ ।

भनिन्छ नेपालको नागरिक उड्ययन क्षेत्रमा १० खर्ब रुपैयाँ लगानी छ । यो कुल लगानीमा नेपाल एयरलाइन्सको लगानी पनि जोडिएको छ । यो मध्ये ३९० अर्ब रुपैयाँ बैंकहरुको लगानी हेलिकप्टरमा मात्रै छ रे भन्दा फरक पर्दैन ।
नयाँ हेलिकप्टर ल्याउने सोचमा कोही पनि नरहेको र केही केही कम्पनीले त भएका हेलिकप्टर पनि बिक्री गर्ने योजना बनाएको देखिन्छ । हेलिकप्टर बिजनेश भनेको हिमालमा आश्रित बिजनेश हो । अहिले अपरेशन निरन्तर घट्दो छ, अपरेशनमा ल्याउनुभन्दा हेलिकप्टर नउडाउनु बेश भईसक्यो । अपरेशनमा ल्याउँनासाथ खर्च बढ्छ, खर्च उठ्ने अवस्था भएको कारण बैंकहरुको लगानी डुब्ने देखिन्छ । हेक्का होस् ।

नेपालमा ३७ वटा हेलिकप्टर छन् । यी सबै हिमाल आरोहणमा जाने आरोहीहरुलाई बोकेर आफ्नो व्यवसाय चलाउँदै आएको देखिन्छ । सबैभन्दा धेरै हेलिकप्टर श्रीएयर प्रा.लि.सँग रहेको छ । श्रीसँग एमआई ५ र २ वटा इक्युरियल गरी ७ वटा हलिकप्टर छन् । त्यसपछि प्रभूसँग ६ वटा, सिम्रिकसँग ५ वटा डाइनेष्टिसँग ४ वटा, कैलाशसँग ३ वटा, फिस्टेलसँग ३ वटा हेलिकप्टर छन् । अल्टिच्युड एयरसँग २, हेलि एभरेष्टसँग २, मनाङसँग २, माउण्टेनसँग २ र मुस्ताङसँग एउटा हेलिकप्टर छन् । यी सबै कम्पनीले वाणिज्य बैंकहरुसंगै कर्जा लिएर व्यवसाय गरेको भेटिएको छ ।

११ वटा कम्पनीका ३७ वटा हेलिकप्टरमा ३९० अर्ब रुपैयाँ लगानी रहेपनि अहिले उक्त लगानी जोखिममा छ । धेरै कम्पनीको लगानी ७० देखि ८० प्रतिशत २७ वाणिज्य बैंकको रहेको स्रोतको दाबी छ ।
सरकारले कोरोनाका कारण चैतसम्म छुट दिएको थियो । तर, चैतपछि पनि व्यवसाय नचलेपछि उद्योगी व्यवसायीहरु ऋण लिनुपर्ने बाध्यतामा छन् भन्दा फरक पर्दैन । तर, पैसा छैन । स्वास्थ्य मन्त्रालयले दैनिक ११ हजारसम्म कोरोना संक्रमित हुन सक्ने अनुमान गरिसकेको अवस्थामा छ । लकडाउनमा मुलुक छ । यस्तो अवस्थामा यो व्यवसाय ठप्प छ यसको असर वाणिज्य बैंकहरुको कर्जामा पर्ने निश्चित देखिन्छ । हेक्का होस् ।

Facebook Comments

सम्बन्धित समाचार