• होमपेज
  • विकास बैंक
  • सांग्रिला बैंकले पायो ऋणपत्र निष्काशन अनुमति

सांग्रिला बैंकले पायो ऋणपत्र निष्काशन अनुमति

  • बिहिबार, बैशाख १६, २०७८
सांग्रिला बैंकले पायो ऋणपत्र निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति दिएको छ । बैंकको १० वर्ष अवधिको ७५ करोड ऋणपूँजी रकम बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” लाई इकाई निश्कासनका बोर्डले अनुमति दिएको हो ।

यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्कासनको तयारी गरेको छ ।

उक्त ७५ करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । साथै ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड बराबरको ऋणपत्र (सोमध्ये ५ प्रतिशत अर्थात १५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ ।

ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउनेछ । बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार