• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र विक्रीको लागि बोर्डले दियो अनुमति

सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र विक्रीको लागि बोर्डले दियो अनुमति

  • सोमवार, बैशाख १३, २०७८
सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र विक्रीको लागि बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले एनएमवि बैंक र सांग्रिला डेभलपमेण्ट बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले एनएमबि बैंकलाई दूई प्रकारको ऋणपत्र विक्री गर्न अनुमति दिएको हो ।

एनएमबि बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको एनएमबि ऋणपत्र २०८७÷८८ र १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर रहेको रू. १ अर्ब ५० करोड बराबरको एनएमबि उर्जा ऋणपत्र २०९२÷९३ निष्कासनका लागि बैशाख ५ गते अनुमति पाएको हो ।

एनएमबि बैंकले १० वर्षे अवधिको कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

१५ वर्षे अवधिको १५ लाख कित्ता उर्जा ऋणपत्र मध्य भने बैंकले ६ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकको १० वर्षे अवधिको ऋणपत्र विक्री प्रबन्धकमा एनएमबि क्यापिटल र १५ वर्षे ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

त्यस्तै बैंशाख ६ गते बोर्डले सांग्रिला डेभलपमेण्ट बैंकलाई ९ प्रतिशत ब्याजदर रहेको १० वर्षे अवधिको रू. ७५ करोड बरावरको ७  लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो । जसमध्ये ३ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ४ लाख ५० हजार कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि