• होमपेज
  • अटो
  • नेपाल आइपुग्यो किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो किया सोनेट, यस्तो छ मूल्य र विशेषता

  • शुक्रबार, बैशाख १०, २०७८
नेपाल आइपुग्यो किया सोनेट, यस्तो छ मूल्य र विशेषता

कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि उपलब्ध भएको छ । दसैं अगाडि नै यसको बुकिङ खोलेको भए पनि हालै मात्र सो कार नेपाली बजारमा उपलब्ध भएको हो ।

कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट नेपाली बजारमा उपलब्ध गराएको हो ।

डिजेल इन्जिनयुक्त किया सोनेट ३ भेरिएन्टमा र पेट्रोल इन्जिनयुक्त किया सोनेट एउटा भेरिएन्टमा उपलब्ध हुनेछ ।

डिजेल इन्जिनमा एचटीएक्सको मूल्य ४७ लाख ९० हजार, एचटीएक्स प्लस अटोमेटिकको मूल्य ४९ लाख ९० हजार र जीटीएक्स प्लसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ । यी सबै १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछन् ।

पेट्रोल इन्जिनयुक्त सोनेटको सुरुवाती भेरिएन्ट एचटीईको मूल्य ३५ लाख ९० हजार रुपैयाँ हुनेछ । यो १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

किया सोनेटले हाल बजारमा प्रचलित हुन्डाई भेन्यु देखि सुजुकी भिटारा ब्रेजा र महिन्द्रा एक्सयूभी ३०० सँग कडा प्रतिस्पर्धा गर्नेछ ।

किया सोनेटमा एलईडी हेडलाइटका साथ एलईडी डीआरएल छ, जुन साइड इन्डिकेटरसँग इन्टिग्रेटेड छ । एलईडी हेडलाइटलाई कियाले क्राउज ज्वेल भन्ने गरेको छ । यसमा टर्बो आकारको फ्रन्ट सिक्ड प्लेट समेत छ ।

सो कम्प्याक्ट एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम उपलब्ध छ । त्यसैगरी यसमा बोसको ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट छन् । सो कारलाई स्मार्टवाचसँग कनेक्ट गर्न पनि सकिन्छ । यसको ड्यासबोर्ड धेरै हद सम्म किया सेल्टोस जस्तै छ, जसमा युभिओ कनेक्टिभिटीको विकल्प उपलब्ध हुनेछ ।

यसमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सेन्सर, अटो हेडलाइट, ब्रेक असिष्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता आधुनिक फिचर उपलब्ध हुने छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि