• होमपेज
  • वाणिज्य बैंक
  • शान्तिनगर तरकारी बजार,पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर कोड सेवा

शान्तिनगर तरकारी बजार,पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर कोड सेवा

  • सोमवार, चैत्र ३०, २०७७
शान्तिनगर तरकारी बजार,पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर कोड सेवा

कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज।ब। राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्री ज्यूको प्रमुख आतिथ्यमा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत आमन्त्रित अतिथिको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरेको हो ।

कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको छ । व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्ने तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् ।

उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ”, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराए । क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ ।

हालसम्म बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि