• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

  • बिहिबार, चैत्र २६, २०७७
महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

महालक्ष्मी विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा बैंक शाखाकार्यालय पालुङबाट ६ लाख सातहजार पाँच सय रुपैयाँ दावी रकम हस्तान्तरण गरेको छ । विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम हकवालालाई हस्तान्तरण गरिएको हो ।

थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु माया बलामीको मृत्यु हक दावी बीमाबापतको रकम बराबरको ५,२५,००० रुपैयाँ हकवाला कल्पना घर्ती हस्तान्तरण गरिएको छ । त्यस्तै ८२,५००० हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा दुवै जना मृतकको निवासमा गई हस्तान्तरण गरिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार