• होमपेज
  • बीमा
  • सिटिजन लाइफद्वारा संचालित “विद्यार्थीसँग बीमा” कार्यक्रम लोकप्रिय बन्दै

सिटिजन लाइफद्वारा संचालित “विद्यार्थीसँग बीमा” कार्यक्रम लोकप्रिय बन्दै

  • बुधबार, चैत्र १८, २०७७
सिटिजन लाइफद्वारा संचालित “विद्यार्थीसँग बीमा” कार्यक्रम लोकप्रिय बन्दै

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक नेपालीको पहुंचमा पु¥याइ बीमाको सचेतना वढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेज हरुमा “विद्यार्थीसँग बीमा” कार्यक्रम गर्दै आइरहेको छ ।कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठद्वारा उद्घघाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागी निकै नै सचेतना मुलक र लाभदायी देखिएको छ । यस कार्यक्रमले गाउँ–गाउँमा बीमा प्रति जनचेतना जगाउँन निकै मद्दत पुगेको कम्पनीले जनाएको छ ।

जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५४०० विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विद्यार्र्थीलाई बीमा सम्बन्धी ज्ञान जस्तै बीमा के हो, बीमा किन जरुरी छ, यसबाट के कस्ता फाइदा लिन सकिन्छ र यस्का अन्य सम्बन्धित सुरक्षा योजनाहरुको बारेमा सचेत गराउन सफल भएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।

विद्यार्र्थीहरु सचेत हुँदा उनिहरुले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्व बारे बुझाउन सक्नेछन र बेला छँदै जीवन बीमा गरे बीमाशुल्क पनि कम हुने र सोही कम शुल्कले नै ठुलो जोखिम न्युनिकरण हुने हुनाले कम्पनीले विद्यार्थीहरुलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पूँजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योग्दान पु¥याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत पुराएको छ ।जीवन बीमा मात्र एक त्यस्तो भरपर्दो साधन हो जसले फजुल खर्च गर्नबाट बचाउँछ । साथै विभिन्न अनिश्चितताले भरिएको मानव जीवनमा जीवन बीमाले जोखिम हस्तान्तरण गराउने र क्षतीपूर्तिका माध्यम बाट जोखिम व्यवस्थापन गर्ने कार्य समेत गर्दछ ।

साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि