ज्योति विकास बैंकले यहि बिहिबार रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ। अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी क्युआर कोड वितरण गरिएको हो ।
क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइल बाट क्यु।आर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।
क्यु।आर कोड सेवा बाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल,सहज र सुरक्षित भुक्तानी लगायतका थुप्रै सुविधाहरु प्राप्त हुने छ।
बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ साथै बैंकले डिजिटल बैंकिंगलाई थप प्रर्वद्धन र देशभरी नै क्यु।आर कोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिवद्वता व्यक्त गरेको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३९ अर्ब लगानी गर्न सफल भएको छ।