• होमपेज
  • वाणिज्य बैंक
  • इक्यान र ज्योति विकास बैंकबीच सम्झौता, संघको सिफारिसमा १५ लाखसम्मको कर्जा पाइने

इक्यान र ज्योति विकास बैंकबीच सम्झौता, संघको सिफारिसमा १५ लाखसम्मको कर्जा पाइने

  • सोमवार, चैत्र ९, २०७७
इक्यान र ज्योति विकास बैंकबीच सम्झौता, संघको सिफारिसमा १५ लाखसम्मको कर्जा पाइने

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योति विकास बैंकबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अध्यक्ष प्रकाश पाण्डेका अनुसार अब इक्यानको कार्यसमितिको सिफारिसमा इक्यान सदस्यहरुले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल लोन लिन सक्नेछन् । यस सम्झौताबाट इक्यानका सञ्चालक, सदस्य संस्था, कर्मचारी तथा उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले कर्जा लिन सहित ज्योति विकास बैंक बाट प्राप्त हुने सम्पूर्ण बैँकिङ सुविधा सहज रुपमा उपयोग गर्न सकिने  विश्वास ब्यक्त गरिएको छ ।

इक्यान शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था हो । साथै सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्थाका रुपमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

महासचिव दिपकराज भुसालका अनुसार ज्योति विकास बैंकसँगको सहकार्यले यससंघमा आबद्ध संस्था र तीनका सञ्चालकहरुले मात्र नभई विद्यार्थी र अभिभावकले पनि सेवा तथा सुविधा उपयोग गर्न पाउने विश्वास ब्यक्त गरेका छन् ।

उच्च शिक्षाका लागि विदेशी भूमिमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि इक्यान र इक्यान अन्तर्गतका सदस्य संस्थाले विभिन्न प्रकारका परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि