• होमपेज
  • बीमा
  • शिखर इन्स्योरेन्सको लाभांश पारित

शिखर इन्स्योरेन्सको लाभांश पारित

  • सोमवार, चैत्र ९, २०७७
शिखर इन्स्योरेन्सको  लाभांश पारित

शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडको १५ औं र १६ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम शेयर पूँजीमा ३६.१ प्रतिशत(आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद शेयर पश्चात कायम हुने सेयर पूँजीमा २७.७६९प्रतिशतका दरले अठ्तीस करोड सोह्र लाख उननब्बे हजार एकसय सत्ताइस रुपैयाँको बोनस शेयर पारित गरेको छ ।

यस्तै, सो बोनस शेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.९ प्रतिशत(आ.व. २०७७ ७८ मा बाँडफाँड गरिएको हकप्रद शेयर पश्चात कायम हुने शेयर पूँजीमा १.४६२ प्रतिशतका दरले नगद लाभांश दुई करोड अठासी हजार नौसय एक रुपैयाँ वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीको आर्थिक वर्ष  २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको हो ।

संचालक समितिका अध्यक्ष  राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । सभाले २०७७÷७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी  चार अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ ।

प्रस्तावित बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ ।

बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट संचालकमा निर्वाचित भएका छन ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले शेयरधनीले उठाएका जिज्ञासाहरुको जवाफ दिंदै कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो क्रममा उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, प्रादेशिक स्तरमा आफ्नै भवनहरु निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिएइ ।

Facebook Comments

सम्बन्धित समाचार