• होमपेज
  • वाणिज्य बैंक
  • एसियाली विकास बैंकको साझेदार बैंक बन्यो मेगा बैंक

एसियाली विकास बैंकको साझेदार बैंक बन्यो मेगा बैंक

  • बिहिबार, चैत्र ५, २०७७
एसियाली विकास बैंकको साझेदार बैंक बन्यो मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ ।

नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको छ । दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रबर्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रबर्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो ।

यो साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय ब्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई अब कारोबार गर्न सहज हुने भएको छ । सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । जसले नेपालको व्यवसाय प्रबर्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंक नेपाल लिमिटेडको विश्वास छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली भन्छन्– ‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकहरुलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु’ सिइओ खुञ्जेलीले भने ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि