• होमपेज
  • मनोरञ्जन
  • “कदर पत्रले अझै उर्जा दियो” अध्यक्ष पुन

“कदर पत्रले अझै उर्जा दियो” अध्यक्ष पुन

  • बुधबार, चैत्र ४, २०७७
“कदर पत्रले अझै उर्जा दियो” अध्यक्ष पुन

चलचित्र पत्रकार संघ नेपालको २१ औँ वार्षिक सभाको अवसरमा चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष शिव पुनलाई कदर पत्र प्रदान गरिएको छ ।

 अध्यक्ष पुनले दाङमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका छन् । उनले चलचित्र पत्रकारितामा पुर्याएको योगदानलाई मध्यनजर गर्दै उनलाई सो पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले पुनको प्रशंसा गर्दै कदर पत्र प्रदान गरेका हुन् ।
अध्यक्ष पुनले भने , “खुसी लागेको छ । अझै थप जोश बढेर आएको छ । यो कदर पत्रले आफ्नो कर्ममा अझै उर्जा दिई सक्रिय रहन अवश्य भूमिका खेल्नेछ ।”
दाङमा रहेर चलचित्र पत्रकारिता गर्न चुनैतीहरु भए पनि त्यसलाई सहजै पार गरेर अघि बढ्ने हौसला मिलेको उनले बताएका छन् ।
Facebook Comments

सम्बन्धित समाचार