• होमपेज
  • बीमा
  • महालक्ष्मी लाईफद्धारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न

महालक्ष्मी लाईफद्धारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न

  • बिहिबार, फाल्गुन २०, २०७७
महालक्ष्मी लाईफद्धारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहिबार काठमाडौंको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा प्रदेश नं ३ का सम्पुर्ण शाखा उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल ले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिकाबारेमा तालिम दिएका थिए । तालिममा ३ नं प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो।

आजै सञ्चालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामिण क्षेत्र सम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम संचालन हुनेछ । नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।

कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार