• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा छुट

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा छुट

  • आइतवार, फाल्गुन १६, २०७७
सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटसंग सम्झौता गरेको छ ।

सनराइज बैंक तथा ग्रीन भ्याली रिर्सोट बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुबिधामा सन्राइज बैंकको के्र्रडिट काड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम्  सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार