• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न

  • बुधबार, फाल्गुन १२, २०७७
कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न

कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनीले निर्माण गर्न लागेको म्याग्दि भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यवस्थापन गरिएको छ ।

उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक , नेपाल क्रेडिट एण्ड कमर्ज बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च ८ अर्व ३० करोड रूपैयाँमध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड रूपैयाँ प्रवाह हुनेछ । प्रवर्धक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड , तुदी इन्भेष्टमेन्ट कम्पनी र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्जी डेभेलपमेन्ट कम्पनी रहनेछ ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् ।

आफ्ना देशव्यापी १९२ शाखा संजाल, १६२ एटिएम, २२ शाखारहित बैंकिंग ईकाई तथा १३ एक्सटेन्सन काउन्टर मार्फत सेवासुविधाहरु दिंदै आएको यस बैंकले राष्ट्रिय प्राथमिकता अन्तर्गतका विविध आयोजनाहरुमा लगानी गर्दै आईरहेको र उक्त कार्य निरन्तर रुपमा अघि बढ्दै जाने बैंकले जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा