• होमपेज
  • बजार
  • उकालो लाग्यो सुनको मूल्य

उकालो लाग्यो सुनको मूल्य

  • मङ्लबार, फाल्गुन ११, २०७७
उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार