• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा

नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा

  • शुक्रबार, फाल्गुन ७, २०७७
नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा

नेपाल बङ्गलादेश बैंकले पनि क्युआर रकोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर चावहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोड शुभारम्भ गरेको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यवहाक सिइओ चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्यमा बैंकले ‘किन लिने नगदको लोड स्क्यान गरौँ क्युआर कोड’ भन्ने नाराका साथ क्युआर कोडको सुरुवात भएको छ ।

कार्यक्रमा शिवाकोटीले भने, ‘निक्कै खुसिको कुरो हो यो, क्युआर कोड । यो निक्कै फलदायी विधुतीय प्रणाली हो । पैसा बोकेर कारोबार गर्ने समय छैन । पहिले चेक, मोबाइल एसएमएस, मोबाइल बैंकिङ र अहिले क्युआर कोडमार्फत नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसको सुचारु भएको छ ।’

एक दिनमा १ लाख सम्मको कारोबार हने र यसको फाइदा भनेको समयको बचत हुने उनले बताए । उनले भने, ‘पैशा सँगै भएमा चोरी, हराउने, डकैती, आगलागी हुनेबाट छुटकारा पाउन सकिन्छ । पैशाको विभिन्न झन्झट बाट पनि मुक्त हुन्छ । घरमै बसि बसि पैसाको कारोबार गर्ने सकिन्छ । यसले पेशाको हिसाब किताब पारदर्शी हुन्छ ।’

त्यस्तै, बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले कोरोनाको समय अन्य नभएकोले पैसा हातको प्रयोग नहुने र क्युआर कोडमार्फत छिटो छरितो तरिकाले प्रयोग गर्ने सकिने भएकोले यसलाई याहाँ पनि शुरुवात गरेका बताए । उनले भने, ‘क्यूआर कोडमार्फत भुक्तानी गरेमा सहज र सरल हुन्छ । पैसा बोक्नुको झन्झट नहुने, चोरी, डकैति नहुने यसको निक्कै लोकप्रिय बन्दै गएको छ । पैशा हातमा लिएर कारोबार गर्ने समय पनि छैन ।’

Facebook Comments

सम्बन्धित समाचार