• होमपेज
  • समाचार
  • कुमारी क्यापिटलको असी करोडको“कुमारी ईक्वीटी फण्ड”निष्कासन

कुमारी क्यापिटलको असी करोडको“कुमारी ईक्वीटी फण्ड”निष्कासन

  • बुधबार, फाल्गुन ५, २०७७
कुमारी क्यापिटलको असी करोडको“कुमारी ईक्वीटी फण्ड”निष्कासन

कुमारी क्यापिटल लि.द्वारा व्यवस्थापन तथा कुमारी बैंक लि.द्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको रु १० अकिंत दरको आठ करोड रुपैयाँ इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी छ करोड असी लाख इकाई २०७७ फाल्गुन १४ गते शुक्रबारदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटल लि.ले इक्रा नेपालबाट ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सुर्य प्रसाद कोइराला, भरत राज पोखरेल,कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजित कुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।

योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु  रु १० बाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात) सम्म रु २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।

लाभाशं र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल २२ प्रतिशत प्रक्षेपण गरिएको क्यापिटलले जनाएको छ  । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ ।

व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्रबजारबाट प्राप्त हुने लाभ लिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।

यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम १,०० इकाई र अधिकत ८०,००,००० इकाई सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको म्याटिलले जनाएको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले २०७७ फाल्गुन १४ गतेदेखि अन्तिम मिति २०७७ फाल्गुन २८ गतेसम्म आवेदन दिने ब्यवस्था गरिएकोे छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि