• होमपेज
  • रोजगारी
  • माछापुछ्रे बैंकले ९० जनाका लागि खुलायो जागिर

माछापुछ्रे बैंकले ९० जनाका लागि खुलायो जागिर

  • आइतवार, फाल्गुन २, २०७७
माछापुछ्रे बैंकले ९० जनाका लागि खुलायो जागिर

बैंकमा जागिर खाने मन छ ? सबैभन्दा आकर्षकमध्येको एक क्षेत्र बैंकमा जागिर खाने र आकर्षक तलब तथा सुविधा प्राप्त गर्न चाहनेका लागि माछापुछ्रे बैंकले विभिन्न पदमा ९० जनाका लागि जागिर खुलाएको छ ।

बैंकले फागुन २ गते विज्ञापन गर्दै जागिरका लागि दरखास्त दिन आह्वान गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा २० जना जागिर खुलाएको छ । बैंकले राजधानी काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि उक्त जागिर खुलाएको छ ।

त्यसैगरी बैंकले ट्रेनी जुनियर असिस्टेन्टमा ५० जना माग गरेको छ । जसमा बैंकले ७ वटै प्रदेशका लागि माग गरेको हो । आवेदकले आवेदन दिँदा पनि प्रदेश अनुसार छुट्याएर आवेदन दिनुपर्ने हुन्छ ।

त्यसैगरी बैंकले ट्रेनी जुनियर असिस्टेन्ट पदमा थप २० जना माग गरेको छ । यी पदमा काम गर्नेले हिमाली क्षेत्रमा रहेका बैंकका शाखामा काम गर्नुपर्ने हुन्छ ।

आवेदन दिने अन्तिम मिति फेब्रअुरी २८ तारिख साँझ साढे ५ बजेसम्मका लागि तोकिएको छ । कम्तीमा दुई पांग्रे सवारी चलाउन जान्नेलाई तथ प्राथमिकता दिइनेछ । २७ वर्षको उमेर नकटेको, राम्रो अंग्रेजी बोल्न जान्ने र कम्पनीमा प्लस टु तहमा न्यूनतम ४५ प्रतिशत वा २.५ जीपीए ल्याएको हुनुपर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार