• होमपेज
  • वाणिज्य बैंक
  • “भ्यालेन्टाइन डे”को अवसरमा गरगहना खरिदमा १२ महिनाको भुक्तानी अवधिमा २ किस्ता छुट

“भ्यालेन्टाइन डे”को अवसरमा गरगहना खरिदमा १२ महिनाको भुक्तानी अवधिमा २ किस्ता छुट

  • बिहिबार, माघ २९, २०७७
“भ्यालेन्टाइन डे”को अवसरमा गरगहना खरिदमा १२ महिनाको भुक्तानी अवधिमा २ किस्ता छुट

बंैक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि इएमआई सुबिधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहक महानुभावहरुलाई गरगहना खरिदको लागि इएमआई सुबिधा ल्याएको छ । यस इएमआई सुबिधामा ग्राहक महानुभावहरुले रु. ४० हजार देखी रु. ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नुहुनेछ ।

साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहक महानुभावहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नुहुनेछ र १२ महिनाको भुक्तानी अवधिमा ग्राहक महानुभावहरुलाई २ महिनाको किस्ता छुट हुने जानकारी गराउँदछौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार