• होमपेज
  • देश
  • आईजीपी शैलेश थापाज्यू सामुहिक नेतृत्व भन्ने एकेडेमी र काभ्रे कुद्ने ?

आईजीपी शैलेश थापाज्यू सामुहिक नेतृत्व भन्ने एकेडेमी र काभ्रे कुद्ने ?

  • सोमवार, माघ १९, २०७७
आईजीपी शैलेश थापाज्यू सामुहिक नेतृत्व भन्ने एकेडेमी र काभ्रे कुद्ने ?

नेपाल प्रहरीमा केहिदिन अघि डिएसपीबाट एसपीहरुको बढुवा सिफारिस भयो । पछिल्लो समय नेपाल प्रहरीका प्रहरी महानिरीक्षक अर्थात आईजीपी शैलेश थापा क्षेत्रीले बढुवा र सरुवामा काखा र पाखा गर्न थालेपछि तिक्तता बढेको खबर छाएको छ ।

एसपी बढुवाको प्रतिस्पर्धामा रहेका डिएसपी जनकबहादुर शाही, रामहरि पाण्डे, देवेन्द्र पाल,अर्जुन तिमल्सिना,रामेश्वर कार्की, रमेश पण्डित, लक्ष्मीराज अधिकारी,चक्रराज जोशी, जनकबहादुर शाही, सीताराम रिजाल, सुमन तिमल्सिना, भिमकिरण बोगटी, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी लगायतका सिनियरहरु यस पटक बढुवा सिफारिसबाट बन्चित भए । केहिले यस पटक छलांग मारे । बढुवा सिफारिसमा भुवनेश्वर तिवारी पहिलो र ऋषिराम कँडेल दोस्रो नम्बरमा भए ।

त्यस्तै, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, नकुल पोख्रेल, सुवासचन्द्र बोहरा,महेन्द्र श्रेष्ठ,राजेन्द्रबाबु रेग्मी, सहित १६ डिएसपी बढुवामा परेका छन् । त्यसैगरि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत् डिएसपी प्रजित केसी पनि बढुवा सूचीमा सिफारिस भएका छन् । ३३ किलो सुन र सनम शाक्य हत्या अनुसन्धानमा अपराध महाशाखाबाट खटिँदा केसी निलम्बनमा परेका थिए ।

उनी जस्तै आचारण,आर्थिक मामिला र कार्य सम्पादनमा कमजोर मानिएकाहरुले बढुवा सुरक्षित गरे । त्यसैले पनि होला केहि डिएसपीहरुले आईजीपी शैलेश थापा क्षेत्रीले आफुलाई ठुलो अन्याय गरेको बताएकाछन् । त्यसो त नेपाल प्रहरीमा स्वच्छ छवि बनाएका,इमान्दार प्रहरी अधिकारीको पगरी टिक्ने की नटिक्ने बहस सुरु हुन थालेको छ । नयाँ आइजिपी आएपछि ठूलो परिवर्तन हुने अपेक्षा गरिए पनि कुनै उपलब्धि देखिएन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री संगठनको नेतृत्वमा पुगेपछि भने असफलता हुने लक्षणहरु एकपछि अर्को बिकास हुँदै गएको छ ।

प्रहरीमा लामो समयदेखि चाकडी,चाप्लुसी र आर्थिक लाभमै हुने बढुवा,सरुवामा ब्रेक लाग्ने आशा गरिएपनि पछिल्लो समय थापा क्षेत्रीको कोर टिम हाबी हुने गरेको छ । बढुवा नजिकिएसँगै कहिले एकेडेमी त कहिले काभ्रेसम्म पुगेर सुची तय हुने गरेकाले चिन्ता बढेको एक प्रहरी अधिकारीले राजतिलक साप्ताहिक प्रतिनिधिलाई भने । उनका अनुसार गत ९ गते काभ्रे बसेर एकान्तमा आईजीपी शैलेश थापा क्षेत्री सहित सचिव महेश्वर न्यौपाने र एआईजीद्वय निरज शाही र प्रद्युन कार्की गोप्यमा जुटे । जबकी १० गते विप्लव माओबादीले नेपाल बन्द आह्वान गरेको थियो ।

सुरक्षाका दृश्ट्रीकोणले प्रमुख सुरक्षा अधिकारीहरुनै अघिल्लो दिन उता लाग्नु राम्रो मानिएको छैन् । आइजिपी थापा क्षेत्रीले आफ्नो व्याजी बाहेक अरू उच्च प्रहरी अधिकारीलाई किन आत्मसात गर्न सकेनन् ? एआईजीद्वय बाहेक केहि भ्रष्ट प्रबृतीका डिआईजी प्रहरी अधिकारीहरुलाई बरिपरि नचाईराखेकाछन् । एसपी बढुवा सिफारिस सुची कहिले एकेडेमीमा बन्छ ।

सामुहिक नेतृत्वमा बढुवा र सरुवाको निणर्य भन्दै आएका आईजीपी थापा क्षेत्री आजकाल एआईजीद्वय निरज शाही र प्रद्युन कार्कीको शब्द खेर नजानेगरि काम हुन थालेको छ । अन्य उच्च प्रहरी अधिकारीलाई सचिवालयमा कामकाजी निर्णयका लागि निषेध गरिएको चर्चा हेडक्वाटरमा सुन्न पाईन्छ ।

एआईजीद्वय निरज शाही र प्रद्युन कार्कीले आफुहरुलाई डिआईजीबाट एआईजी बढुवा हुने समयमा बालुवाटारले असहयोग गरेको भन्दै अब उल्टो सुई चलेको भनि खबर समेत पठाएपछि सरुवा,बढुवाको सुची निस्कनासाथ खैलाबैला मच्चिने गरेको समाचार स्रोतले बताएको छ । बालुवाटारले समेत एआईजीद्वय निरज शाही र प्रद्युन कार्कीले बदलाको भाव परिणत भएको बुझाइ भएपछि प्रहरी हेडक्वाटर र बालुवाटार भित्र गरमागर्मी बढाएको हो ।

प्रहरीमा अब पीसीसी सक्रिय बनाउने र सामूहिक निर्णय गर्ने प्रहरी महानिरीक्षकको संकेत पानीका फोका जस्तै भएको बहस पैरवीले स्थान पाएको छ ।

प्रहरी प्रधान कार्यालयमा एक आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नीतिगत निर्णय गर्दा सामुहिक निर्णय गर्ने जानकारी दिएका हुन् ।

महानिरीक्षक क्षेत्रीले ‘पुलिस को अर्डिनेशन कमिटी’ पीसीसीलाई सक्रिय बनाउने बताए । सबै प्रहरी कर्मचारीअरु दंग थिए । अहिले ब्यावहार भने विल्कुलै फरक भएको छ । ‘म यो खरिद,सरुवा बढुवामा धेरै लाग्दैन,सम्बन्धितलाई अधिकार दिनेतर्फ लाग्छु, म कहां यसका लागी आउनु पनि पर्दैन् । मेरो ध्यान नीति निर्माणमै बढी केन्द्रित हुन्छ ।’

सामूहिक निर्णयको अभ्यास बसाल्नुपर्ने आवाज उठेपनि यसअघिका आईजीपीहरुले त्यसलाई बेवास्ता गर्दै आएका थिए । अहिलेका संगठन प्रमुख गफ दिए काम अर्कै हुदै गएको भन्दै चिन्ता ब्यक्त गरेकाछन् । सिंगो संगठनको जिम्मेवारी र दायित्व आईजीपीमा निहित हुने भए पनि नीतिगत निर्णयले सिंगो संगठन प्रभावित हुने भएकाले प्रहरीमा सामूहिक निर्णय हुनुपर्ने अधिकांश प्रहरी अधिकृतहरुको चाहना थियो तर कार्यन्वयन पक्ष भने विल्कुलै भएन अर्का एक प्रहरी अधिकारीले थपे ।

आफ्नालाई च्याप्प काखी च्याप्दै गएका आईजीपी थापा क्षेत्रीले सामुहिक नेतृत्वका कुरा फिर्ता लिए हुन्छ ती अधिकारीले थपे । आफुले चाहेको प्रहरी अधिकारी सरुवा,बढुवा सुचीमा परे जेष्ठता र बरिष्ठता भन्ने नत्र कार्य सम्पादन र मुल्यांकनको झ्याई पिट्ने आफ्नालाई स्थान सुरक्षित गर्ने गरेको गुनासो चुलिएको छ । यस प्रकारका गतिबिधिले संगठनमा भद्रगोल मच्चिने देखिएको छ । संगठनको नेतृत्व समालेकाले अभिभावकियपन देखाउन नसकेको भन्दै एक डिएसपीले आँखा भरि आशु बनाए ।

जब डिआईजीबाट एआईजी भएर बिश्वराज पोख्रेल प्रहरी हेडक्वाटर प्रबेश गरे तबदेखि न सामुहिक, न अन्य प्रहरी अधिकारीसँग छलफल छ,उनले थपे । पावर प्वाइन्टकै आधारमा आइजिपीको सचिवालय र एकेडेमी बसेका अनि फिल्डमा असफल भएकाहरू अहिले उनको वरिपरि ताली पिट्दै रमाउन थालेकाछन् । कार्य क्षमता भन्दा चाकडी र चाप्लुसी हाबी भएको छ । आइजीपी थापा क्षेत्रीको असफलता चुलिदै गएको छ । उनले आफैले ल्याएको सरूवा नीति लागू भएन् । समयमै आइजीपी थापा क्षेत्रीले ध्यान दिएर सोच्नु पर्ने अबस्था आएको छ ।

त्यसो त प्रहरी मुख्यालयमा दर्जनौं समिति गठन भएका छन् । समितिको बैठकमा सहभागी हुने बाहेक अरू उपलब्धी देखिएको छैन् । पावर प्रेजेन्टमै रमाएको खबरले स्थान पाएको छ । प्रदेशमा धेरै निर्माण कार्य भए पनि ओभरसियर र निरीक्षक तहका इन्जिनियर खटिएका छन् । अरवौंको निर्माणमा गुणस्तर र कामको अनुगमन फितलो भएको गुनासो बढेको छ । उनिहरूले ठेकेदारहरूसंग प्रतिशतको हिसाबले कमिशन उठाई रहेका छन् ।

गण्डकी र लुम्बिनी प्रदेश सहित सबै तिर ध्यान जान जरुरी छ । टेण्डर हुंदा काम गर्नसक्ने ठेकेदारले ठेक्का किन हाल्दैनन ? भित्रि रहस्य बुझे सबै प्रर्दाफास हुनेछ । उता प्रहरी मुख्यालयको प्रमुख लुटाहा शाखा मानिने प्रवन्धमा बसेर ठेकेदारसंग रकम पनि असुल्ने क्रमले तिब्रता पाएको छ ।

प्रहरीमा खरिद गर्ने र गुणस्तर हेर्ने विषयमा पारदर्शीता फिटिक्कै छैन् । प्रहरीमा झन् भयावह भ्रष्टाचार हुने खतरा र सेटिङ रहन्छ । अहिले प्रवन्धमा आइजिपी थापा क्षेत्रीले अति नै विश्वास पात्र डिआइजी पुर्षाेत्तम कंडेल छन् । कडेल इमानदार र चोखा भनिएपनि सिरक ओढेर घिउ खाने अधिकारीका रुपमा चिनिन्छन् ।

उनको कुनकुन ठेकेदारसंग नजिकको बसउठ छ भन्ने कुरा आइजिपी थापा क्षेत्रीलाई थाहा छ ।. तर कंडेललाई विश्वास भएकाले उनी मौन छन् । उता ओली सरकारले चुनाव हुने निश्चित नभएपनि घोषणा मिति नजिकिँदै गर्दा कर्मचारी र प्रहरीमा व्यापक हेरफेरको तयारी थालेको छ । आउँदो माघ १७ गतेपछि चुनावको आचारसंहिता लागू हुने भएकाले त्यसअघि नै सरुवा गर्न लागिएको हो । निर्वाचनका लागि आर्कषक मानिने गृह मन्त्रालयमा सचिव सहित केहि मन्त्रालयका सचिव सरुवाको तयारी भइरहेको छ । त्यस्तै, सातै प्रदेशका प्रहरी प्रमुख हेरफेरको गृहकार्य भइरहेको स्रोत बताउँछ ।

हाल प्रदेश नम्बर १ का ईश्वरबाबु कार्की, २ का धिरजप्रताप सिंह,लुम्बिनीका रबिन्द्र धानुक आर्थिक लोभमा फसेको उजुरी गृह र प्रहरी हेडक्वाटरमा परेपछि उनीहरु सहित अन्यलाई पनि सरुवा गर्ने तयारी भइरहेको छ । ईश्वरबाबु कार्की विवादमा परे पनि बालुवाटारको शक्तीले रमाएका हुन् भने धिरजप्रताप सिंहलाई कुनै बेला प्रचण्डको राम्रै आर्शिवाद थियो । अहिले सिंह नेपाल कांग्रेसको आडमा आफ्नो मुल्यांकन गर्न दवाव दिएकाछन् । उनी पनि आर्थिक मामिलामा विवादित प्रहरी अधिकारी हुन् । बागमतीमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, कर्णालीमा बसन्त पन्त तथा सुदुरपश्चिममा उत्तम सुबेदी पनि सरुवा हुने सुचीमै रहेकाछन् । त्यसो त डिआईजी रबिन्द्र धानुक कहिले शेरबहादुर देउवाकोमा पुगेर कांग्रेस निकट बताउने ।

कहिले जनार्जन शर्माको पछि लागेर अबसर लिने ब्यक्ती हुन् । उनको धन्दा पनि निकै मच्चिएको छ । प्रदेशमा उनीहरुको १० महिना मात्र पुगेपनि पछि चुनावको मुखमा सरुवा गर्न नमिल्ने भएकाले अहिले नै उनीहरुलाई पन्छाएर अनुकुलका डिआईजी लैजाने तयारी बालुवाटारको छ ।

प्रधानमन्त्री ओलीले आफूले लाए अर्हाएको निर्देशन मान्ने डिआइजीलाई प्रदेशमा पठाउने तयारी गरेका छन् । जसमा सहकुल थापा, अरुण बिसी,पुरुषोत्तम कँडेल, दिवेश लोहनी, डा देवबहादुर बोहरा लगायत प्रदेश जाने प्रतिस्पर्धामा छन् । उता गणेश ऐर डिआईजी भए पनि बस्ने कुर्चीको समेत ब्यावस्था नभएको भन्दै निरासिएको खबर छ ।

१८ जना एसएसपीको सरुवा र पदस्थापन

प्रहरी प्रधान कार्यालयले गत साता एसपीबाट एसएसपीमा बढुवा भएका ११ जना प्रहरी अधिकारीहरुको पदस्थापन र ७ जना एसएसपीको सरुवा गरेको छ ।
एसएसपीहरु क्रमश कृष्णकुमार महतको प्रहरी हेडक्वार्टर सुपरिवेक्षण तथा अनुगमन शाखा, गोविन्दकुमार शाहको १ नम्बर प्रदेश कार्यालय, उमाशंकर पञ्जियारका प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अर्जुनचन्द ठकुरीका कर्णाली प्रदेश प्रहरी कार्यालय, जनकराज पाण्डेयको सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरूवा भएको छ ।

त्यसैगरी, सुरेन्द्रप्रसाद मैनालीको लुम्बिनी प्रदेश कार्यालय, कृष्णहरी शर्मा पोखरेलको अन्वेशण तथा विकास निर्देशनालय, चक्रबहादुर सिंहको महानगरिय प्रहरी कार्यालय, रानिपोखरी, डिल्लीराज पन्तको सुरक्षा परिषद्, मधुसुदन लुईटेल–१ नम्बर प्रदेश कार्यालय (सुरक्षा महाशाखा) र मोहनप्रसाद पोखगरेलको गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ ।

त्यसैगरी ७ जना एसएसपीहरुमध्ये विष्णुुकुमार केसीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रमुख बनाइएको छ भने बुद्धिराज गुरुङको एकेडेमी, मोहन कुमार आचार्यको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वयन निर्देशनालय, हरिराज वाग्लेको बागमती प्रदेश प्रहरी कार्यालय, प्रदिपकुमार श्रेष्ठको अन्तर्राष्ट्रि प्रहरी समन्वय महाशाखा, हेडक्वार्टर, दुर्गा सिंहको मानव बेचविखन ब्यूरो र रविन्द्र केसीको अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सरुवा भएको छ ।

साना ऐन आफ्नालाई चैन भएन र ?
आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीमा साना ऐन ठुलालाई चैन भन्ने ब्यावहार देखाएको टिप्पणी हुन थालेको छ । आफु र गृहसचिव नजिकका प्रहरी अधिकारीलाई जस्तो गल्ती गरे पनि माफ हुने गरेको बताइएको छ । काखा र पाखाको क्रम बढ्दै जाने हो भने प्रहरी भित्र असन्तुष्टहरुको ठुलो संख्या हुने पक्कापक्की हुने छ । तल्लो दर्जाका प्रहरी कर्मचारीका बारेमा उजुरी परेपछि गणमा थन्किने तरे आईजीपी थापा क्षेत्री नजिक मानिएकालाई प्रहरी अधिकारी कुनै फरक नपर्ने देखिएको छ । प्रहरी भित्र विभेदको निति मौलाएको भन्दै गुनासो गर्नेहरु दिनप्रतिदिन बढेकाछन् ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि