• होमपेज
  • वाणिज्य बैंक
  • एभरेष्ट बैंक र किर्तिपुर नगरपालिका बीच सम्झौता

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिका बीच सम्झौता

  • सोमवार, माघ १९, २०७७
एभरेष्ट बैंक र किर्तिपुर नगरपालिका बीच सम्झौता

स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिदैँ एभरेष्ट बैंक लि. ले आफ्नो बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको कार्यक्रममा किर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार किर्तिपुर

नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, SME कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार तथा अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल बैंकको ७ ओटै प्रदेश गरी १०० शाखा कार्यालय , ३१ राज्वस्व सङ्कलन काउन्टर तथा १३१ स्थानमा  ATM काउन्टर रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि