• होमपेज
  • अटो
  • बजाज डोमिनार २५० नेपालमा

बजाज डोमिनार २५० नेपालमा

  • आइतवार, पुस २६, २०७७
बजाज डोमिनार २५० नेपालमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकलको आधिकारिक विक्रेताद्वारा नयाँ बजाज डोमिनार २५० अब नेपालमा रु. ४८९९०० मा लन्च भएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआइ इञ्जिनको पावर छ, जसले 27PS र 23.5Nm को पिक टक्र्यू जेनेरेट गर्छ । यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र DOHC छ । डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०–१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।

यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल LED हेडल्याम्प र AHO (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ । स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ ।

यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ । यस बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम USD फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ । यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल ABS मा पनि उपलब्ध छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि