• होमपेज
  • रेमिटेन्स
  • दुबईको अल् फर्दानबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा रु २ लाख उपहार

दुबईको अल् फर्दानबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा रु २ लाख उपहार

  • सोमवार, पुस १३, २०७७
दुबईको अल् फर्दानबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा रु २ लाख उपहार

सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको “दशैं तिहार बम्पर धमाका” अन्तर्गत दिपक राम टमाटाले रु २ लाख जित्न सफल भएका छन् ।

सो योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्ज बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा दोस्रो बिजेता स्वरूप रु २ लाख जित्न सफल भएका हुन् । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जस अन्तर्गत सिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राईस् कूकर लगायत ६ जनाले ईलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा