• होमपेज
  • विकास बैंक
  • कामना सेवाको नयाँ शाखा बानेश्वर बहुमुखीमा

कामना सेवाको नयाँ शाखा बानेश्वर बहुमुखीमा

  • शनिबार, पुस ११, २०७७
कामना सेवाको नयाँ शाखा बानेश्वर बहुमुखीमा

कामना सेवाविकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३१, शान्तीनगर स्थित बानेश्वर बहुमुखी क्याम्पसमा पौष १० गतेदेखि  शाखा विस्तार गरेको छ ।  बैंककातर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्रा.डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका थिए  ।

अब यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्नसक्नुहुनेछ । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न बैंकले जनाएको छ ।  सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट सम्मकारोबार गर्न सक्नुहुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार