• होमपेज
  • शेयर मार्केट
  • चन्द्रागिरी हिल्सको मंसिर १७ गतेदेखि आईपीओ आउँदै

चन्द्रागिरी हिल्सको मंसिर १७ गतेदेखि आईपीओ आउँदै

  • बुधबार, मंसिर १०, २०७७
चन्द्रागिरी हिल्सको मंसिर १७ गतेदेखि आईपीओ आउँदै

चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले स्थानियका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर विक्री खुला गर्न लागेको हो ।

यो आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियहरुले आवेदन दिन सक्नेछन् । स्थानियले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

छिटोमा पुस १ गते र ढिलोमा पुस १६ गतेसम्म विक्रीमा रहने यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४० हजार ९१० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको छ । पहिलो चरणमा स्थानियका लागि २ प्रतिशत शेयर जारी गर्न लागेको हो । दोस्रो चरणमा १० प्रतिशत दरको कम्पनीको कर्मचारी समेत गरी १५ लाख ३४ हजार ९१ कित्ता शेयर अन्य सर्वसाधारणमा जारी हुनेछ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।

हाल यस कम्पनीको संस्थापकबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ३५ करोड रहेको छ । यस कम्पनीले केबुलकार, होटल तथा रिसोर्ट र एम्बुजमेण्ट पार्क लगाएतका परियोजना सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष ०७५/७६ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ६९ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि