• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न

माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न

  • बिहिबार, मंसिर ४, २०७७
माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न

माछापुच्छ्रे बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा संचालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी सफलतापूर्वक सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाले आ.व. २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीको संचित मुनाफा रु १ करोड ३६ लाख ३९ हजार मध्येवाट चुक्ता पूँजीको ६.४% का दरले हुन आउने रकम रु १ करोड २८ लाख नगद लाभांश वितरण गर्ने सामान्य प्रस्ताव तथा कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स् लिमिटेडलाई माछापुच्छ्रे क्यापिटल लिमिटेडमा गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड हुनेछ ।

नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्श सेवाको लागि इजाजत प्राप्त गरेको यस कम्पनीले मर्जर पश्चात थप सबल भै आगामी दिनमा भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी, म्यूच्यअल फण्ड, निक्षेप सदस्य सेवा लगायतका अन्य सेवाहरु थप गर्ने र सरोकारवाला सबैलाई विस्तारित सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार