• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंकमा पैसा राख्नुहोस डबल बनाउनुहोस

एनआईसी एशिया बैंकमा पैसा राख्नुहोस डबल बनाउनुहोस

  • बिहिबार, मंसिर ४, २०७७
एनआईसी एशिया बैंकमा पैसा राख्नुहोस डबल बनाउनुहोस

एन आई सी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो ।

बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ता ग्राहक महानुभावहरुको लागि यो योजना ल्याएको छ । यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ ।

यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम दश हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहक महानुभावहरुले दोब्बर रकम नै प्राप्त गर्नुहुनेछ ।

उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहक महानुभावहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ

Facebook Comments

सम्बन्धित समाचार